arrow

हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
vaccine-dilo.JPG

हेटौंडा । हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग र समन्वयमा सोमबार बिहानदेखि डायलासिस सेवा सुरु भएको हो । सेवाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले उद्घाटन गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिकाले २ वटा, शिवम सिमेन्ट उद्योगले एउटा र युनिलिभरले २ वटा डायलासिस मेशिन सहयोग गरेका हुन् । अस्पतालमा आजैबाट सेवा सुरु भैसकेको अस्पताल अध्यक्ष राजेश प्रसाईले जनकारी दिए ।

मकवानपुरमा हाल डायलासिस गर्नु पर्ने मृगौलाका रोगी ५३७ जना रहेको जनकारी आएको मदन भन्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल सन्चालक समितीका सदस्य उत्सव चौलागाईंले बताए । अब ती सबै बिरामीको डायलासिस अब हेटौंडा अस्पतालमै हुने उनले बताए । 

मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा आजबाट डायलासिस सेवा सुरु भएपछी यो सेवा लिनका लागि चितवन, काठमाण्डौ, बिरगन्ज लगायतका जिल्लामा जानुपर्ने बाध्यता पनि हटेको उनले बताए ।

अहिले पाँच वटा मेसिन मार्फत मृगौलाका बिरामीको डायलासिस गर्न सुरु गरिएको छ । अब छिट्टै थप पाँच वटा मेसिन ल्याएर डायलासिल सेवालाई बिस्तार गर्दै लैजाने तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले वताए । 

हेटौंडा अस्पतालले तत्कालका लागि दैनिक ११ जना मृर्गौलाका बिरामीहरुलाई सेवा दिन सक्ने जनाएको छ । आज बिहान मात्र तीन जना बिरामीको डायलालसिस गरिएको छ ।



नयाँ