- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् । कोरोना सङ्क्रमित बिरामीहरूको उपचारमा लगातार खटिएका डा. बास्तोला अव्वल चिकित्सक मानिन्छन्।
यसअघि अस्पतालका प्रमुख कन्सल्टेन्ट एवं प्रवक्तासमेत रहेका डा. बास्तोला सोमबार निर्देशकमा नियुक्त भएका हुन् । निर्देशक भएका बास्तोलाले अस्पतालले दिने सेवा र सुविधामा अज राम्रो काम गर्ने विश्वास उनका सहकर्मीहरूले लिएका छन्।
यसअघि डा. सागरकुमार राजभण्डारी अस्पतालको निर्देशक रहेका थिए ।