arrow

कोरोना महामारी : पोखरामा तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना भाइरस सङ्क्रमणबाट पोखरामा सोमवार तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक पुरुष र एक महिला छन् । 

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमा पोखरा १४ का ५८ वर्षका पुरुष, पोखरा १३ की ५८ वर्षकी महिला र पोखरा ११ की ५० वर्षकी महिलाको उपचारको क्रममा पोखरास्थित मेडिप्लस अस्पतालमा मृत्यु भएको हो ।

यसै गरी नवलपरासी पूर्व, गोरखा र बागलुङका एक एक जनाको पनि कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको प्रदेश स्वास्थ्य आपद्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

उनका अनुसार गण्डकीमा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकीमा पछिल्लो २४ घण्टामा ४०८ जना निको भएर सक्रिय संक्रमित २७ सय ६ जनामा झरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ