- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेश सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन् । उनी डिएलए कास्कीका पूर्व अध्यक्षसमेत हुन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नियुक्तिका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष सिफारिस गरेका थिए ।
मुख्यमन्त्रीको सिफारिस अनुसार बाँस्तोला सोमबारबाट सो पदमा नियुक्त भएका हुन् ।
उच्च अदालत बार एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका बाँस्तोला २५ वर्षदेखि पोखरामा कानुन व्यवसाय क्षेत्रमा क्रियाशील छन् ।