arrow

कोरोना महामारीमा एनआरएन जापानद्वारा करिब ५४ लाख रुपैयाँ बराबरको सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
nrna.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वयम परिषद् जापानले कोरोना महामारीमा करिब ५४ लाख नेपाली रुपैयाँ बराबरको सहयोग गरेको छ ।

विभिन्न किसिमका स्वास्थ्य सामग्री एवं उपकरणहरु सहित एनआरएनए राष्ट्रिय समन्वयम परिषद् जापानले सहयोग गरेको हो ।

जसअन्तर्गत नारायणी अस्पताललाई २२ लाख ६० हजार रुपैयाँ बराबरको बालआईसीयु उपलब्ध गराएको छ । 

यस्तै १० लाख मुल्य बराबरको एम्बुलेन्स एनआरएनए राष्ट्रिय समन्वयम परिषद् जापानका संयोजक भवन भट्टले धादिङको धुनिबेशी नगरपालिकालाई हस्तान्तरण गरेका छन् । 

यो एम्बुलेन्स टोकियो सिन्तोसिन रोटरी क्लबबाट प्राप्त भएको हो । संयोजक भट्ट सिन्तोसिन रोटरी क्लबको अन्तर्राष्ट्रिय सदस्य समेत रहेका छन् । यो एम्बुलेन्सले राजमार्गमा हुने दुर्घनाहरुका लागि काम गर्नेछ । 

एउटै सिलिण्डरबाट दुई जनालाई अक्सिजन दिनमिल्ने ७ हजार थान वाई कनेक्टर देशभरीका सबै जिल्लामा वितरण गरिने भएको छ ।  यस्तै एनआरएनले १४० थान अक्सिमिटर समेत उपलब्ध गराएको छ । जसमध्ये ४० थान एभरेष्ट इन्टरनेशनल स्कुलले प्रदान गरेको हो ।

यस्तै २० थान थर्माेमिटर, ५०० पीस स्यानिटाइजर, ५०० बक्स मास्क, ५०० थान एन्टीजेन किट, १ थान बिप्यापसमेत एनआरएनए राष्ट्रिय समन्वयम परिषद् जापानले उपलब्ध गराएको छ ।

लाप्राकको धार्चेमा करिब डेढ लाख रुपैयाँ बराबरको खाद्यान्न समेत वितरण गरिएको छ भने, एनआरएनए एसिया प्यासिफिकले अक्सिजन प्लान्टका लागि करिब ६ लाख रुपैयाँ सहयोग गरेको छ ।

यी स्वास्थ्य सामग्री एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष महेश कुमार श्रेष्ठलाई संयोजक भट्टले हस्तान्तरण गरेको हो । यसका व्यवस्थापन तथा वितरण आइसीसीको सचिवालयले गर्ने भएको छ ।

नारायणी अस्तालले बालआईसीयुको जडानका लागि अस्पतालको तर्फबाट पहल चालिसकेको बताएको छ । यसका लागि आवश्यक स्थान र अन्य व्यवस्थापन अस्पतालले गर्ने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधानले बताएका छन् ।

यस्ताे छ  एनआरएनकाे सहयाेग व्यवस्थापन:

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ