arrow

कोरोना महामारी : पोखरामा थप तीन जनाको मृत्यु, गण्डकीमा ३ सय ३५  निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
pokhara-bazar-city.jpg

पोखरा । कोरोना सङ्क्रमणबाट पोखरामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई महिला एक पुरुष छन् । मङ्गलवार मृत्यु हुनेमा मादी गाउँपालिका वडा नं. १० का ८१ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । 

यसै गरी पोखरा १ की ६५ वर्षकी महिला र पोखरा १० की ६४ वर्षकी महिलाको फिस्टेल अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । यता, म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का एक महिला र लमजुङ वेशीशहर नगरपालिका वडा नं. १० का २४ वर्षका एक युवकको उपचारको क्रममा मृत्यु भएको शर्माले बताए ।

योसहित कोरोना सङ्क्रमणबाट गण्डकीमा मृत्यु हुनेको कूल सङ्ख्या ९४५ जना पुगेको छ ।  यसैबिच गण्डकीमा पछिल्लो २४ घण्टामा २८३ जना संक्रमित थपिएका छन् । जसमा सबैभन्दा धेरै कास्कीका ११९ जना छन् । योसहित गण्डकीमा कूल सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२४ जना पुगेको छ । 

गण्डकीमा मङ्गलवार ३३५ जना संक्रमित निको भएका छन् भने २६ सय ४९ जना सक्रिय संक्रमित रहेको संयोजक शर्माले जानकारी दिए । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा धेरै कास्कीमा ५२९ जना रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ