arrow

उत्कृष्ट कृषकलाई सुनको हलो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
halo.jpg

कर्णाली । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सुनको हलो प्रदान गरिने बताएका छन् । 

‘१८औँ राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतमा मंगलवार धान दिवस मनाउने कार्यक्रममा कृषिमन्त्री शाहीले  आर्थिक वर्ष २०७८-०७९ मा कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउने र यसमा उत्कृष्टकार्य देखाउने कृषकलाई प्रदेश सरकारले सुनको हलोले सम्मान गर्ने बताए । 

“कर्णालीमा १७ लाख जनसङ्ख्या छ तर एक लाख ३३ हजार मेट्रिकटन मात्र खाद्यान्न उत्पादन हुँदो रहेछ,” उनले भने, “उत्पादनमा वृद्धि ल्याई कृषिमा आत्मनिर्भरता बढाउन कृषकलाई हौसला मिलोस् भनेर प्रदेश सरकारले उत्कृष्ट कृषकसहित अन्य कृषकलाई पनि सम्मान गरिनेछ ।  ।” 

मन्त्री शाहीले कर्णालीमा कोदो, फापर, मर्कै, चिनो, कागुनोजस्ता रैथानी बाली उत्पादन गर्न कृषकलाई प्रेरणा मिल्ने सन्देशमूलक समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कर्णालीमा सातै प्रदेशमध्ये धान कम हुने  भए पनि प्रदेश सरकारले यो खेतीमा महत्व दिएको जनाए । धान खेती मासिँदै जाँदा पोषण तथा खाद्य सुरक्षा सुनिश्चित हुन नसक्ने भएकोले खेती योग्य भूमि बचाउन सरकारदेखि नागरिक तहसम्मले जिम्मेवारीसाथ लाग्न उनले आग्रह गरे । 
 



नयाँ