arrow

जीतपुरसिमरामा बेथिति बढेपछि सत्तारुढ एमालेसहित पाँच दलले दिए चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
jitpur-simara-upamahanagarp.jpg

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा संस्थागत बेथिति बढेको भन्दै उपमहानगरको नेतृत्व गरिरहेको नेकपा एमालेसहित पाँच राजनीतिक दलले संयुक्त रुपमा ध्यानाकर्षण गराएका छन् ।

नेपाली काँग्रेसका नगर सभापति श्यामबाबु गुप्तासहित पाँच राजनीतिक दलका प्रतिनिधिले मंगलबार नगर प्रमुख डा. कृष्ण पौडेललाई ज्ञापन पत्र बुझाउँदै बेथिति अन्त्यका लागि पहल नगरे संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
 
उनीहरुले नगरभित्रको आन्तरिक श्रोतको व्यवस्थापन हुन नसक्नु, प्रदेश र आन्तरिक वजेटबाट सञ्चालित सीपमूलक तालिममा व्यापक अनियमितता भएका खबर बाहिरिनु र समयमा नगरसभा समेत हुन नसक्नु उपमहानगरको चरम लापरबाहीको उपज भएको उल्लेख गरेका छन् ।
 
पाँच राजनीतिक दलले बुझाएको ज्ञापन पत्रमा अविलम्ब नगरसभा गर्न र नगरभित्र रहेका बेथिति अन्त्य गर्न माग गरिएको छ ।  

नेपाली काँग्रेसका नगर सभापति गुप्ता सहित नेकपा एमालेका नगर अध्यक्ष कृष्ण खनाल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रामशरण बर्तौला, जनता समाजवादी पार्टीका प्रतिनिधि सोहन शर्मा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कर्ण थापाद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा आफूहरुको मागलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रने चेतावनी दिइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ