arrow

संबैधानिक इजलासमा बहस: सरकारको पक्षका लागि अब ७ घण्टा ५५ मिनेट मात्र समय बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
supreme-court-long.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संबैधानिक इजलासमा आज(बुधबार) पनि सरकारको पक्षको बहसले निरन्तरता पाउने छ । सोमबार र मंगलबार सरकारको पक्षमा बहस भएको थियो ।

मंगलबार नायव महान्यायाधिवक्ता विश्वराज कोइराला, पदम प्रसाद पाण्डेय, डा.टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले बहस गरेका थिए। सरकारी पक्षको अब ७ घण्टा ५५ मिनेट मात्र समय बाँकी छ ।

सरकारी पक्षको बहसपछि सभामुखका कानून व्यवसायीले एक घण्टाको सयम पाउनेछन् । त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी) को बहस हुने र त्यसपछि फैसला हुने अदालत प्रशासनले जनाएको छ ।

मंगलबारको बहसमा नायव महान्यायाधिवक्ता पाण्डेयले प्रतिनिसभा पुनःस्थापना भएमा झनै समस्या सिर्जना हुने तर्क गरेका थिए। त्यस्तै नायव महान्यायाधिवक्ता कोइरालाले दलको म्यान्डेट विपरीत अर्को दललाई समर्थन गर्ने छुट सांसदहरुलाई दिँदा मुलुक अस्थिरतामा जाने जिकिर गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा छन् ।

गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गर्न माग गर्दै ३० वटा रिट निवेदन परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ