arrow

नेपालमा बुधबार ‘प्रोटोन एक्स ७०’ सार्वजनिक, यस्ता छन् बिशेषता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
Proton-X70-Spotted-Nepal-Image2.jpg

काठमाडौं । जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनको नयाँ मोडल ‘प्रोटोन एक्स ७०’ सार्वजनिक गरिरहेको छ ।

कोरोना भाइरसको महामारीका कारण सार्वजनिक गर्न ढिलाई भएको  ‘प्रोटोन एक्स ७०’ मोडल आज (बुधबार)भर्चुअल कार्यक्रममार्फत् सार्वजनिक भइरहेको हो ।

कार्यक्रम आज दिँउसो ४ बजे प्रोटोन कार नेपालको आधिकारीक फेसबुक पेजबाट प्रशारण हुनेछ । 

मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको नयाँ मोडल प्रोटोन एक्स ७० अत्याधुनिक डिजाइनमा तयार भएको छ ।

५ सिटर एसयुभी प्रोटोन एक्स ७० मा ८ इन्चको स्क्रिन, स्मार्ट मोबाइल फोन कनेक्टिभिटी, इन्टेलिजेन्ट एयर फिल्टर, एन ९६ केबिन फिल्टर, ६ युएसबी पोर्ट, एलइडी हेडल्याम्प, डे टाइम रनिङ ल्याम्प, अटो रेन सेन्सिङ वाइपर्स, पेनोरेमिक सनरुफ, किक सेन्सर, पावर टेलिगेटलगायत बिशेषताहरु रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ