arrow

‘प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिको विशेषाधिकार’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
bidhyadevi.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बुधबार(आज) पनि सरकारी पक्षले बहस गरिरहेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिल सुशील पन्तले रिट निवेदनको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।

उनले प्रतिनिधिसभा विघटनको मुद्दा गैरकानुनी भएको भएपनि सर्वोच्च अदालत प्रशासनले दर्ता गरेकोमा आपत्ति जनाए । 
उनले प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिको विशेषाधिकार भएको दाबी गरे ।

‘संसदीय व्यवस्था रहेको मुलुकमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिको हुन्छ । अन्य काम मन्त्रिपरिषद्को सिफारिशमा हुने भनिए पनि प्रधानमन्त्री नियुक्तिको अधिकार राष्ट्रपतिलाई नै हुन्छ’, उनले भने । राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको धारा ७६ (५) को सरकारबारे निर्णय लिने अधिकार भएको उनको दाबी थियो ।

सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मी र पन्तले राष्ट्रपतिलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुगेको लागेकाले कसैलाई प्रधानमन्त्रीमा नियुक्त नगर्नु स्वाभाविक भएको बताए ।

मन्त्रिपरिषद्को सिफारिशमा हुने भएपनि प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिको विशेषाधिकार भएको उनीहरुको भनाइ थियो । प्रधानमन्त्रीमा देउवा र ओलीले दाबी गर्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते कसैलाई नियुक्त गरेकी थिइनन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ