- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। माछापुच्छ्रे बैङ्कले प्रदेश २को सिराहा जिल्लामा सिराहा शाखा कार्यालयको उद्घाटन गरी बुधवारबाट सञ्चालनमा ल्याएको छ। सिराहा जिल्लाको सदरमुकाम सिराहा बजारमा सञ्चालनमा ल्याइएको उक्त शाखा कार्यालयको माछापुच्छ्रे बैङ्क लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतो एवं सिराहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
सदरमुकाम सिराहा बजारमा खोलिएको नयाँ शाखा सँगै सिराहा जिल्लामा मात्रै बैङ्कको ६ वटा शाखा सञ्चालनमा रहेको बैङ्कले जनाएको छ।
माछापुच्छ्रे बैङ्कले देशका हरेक वर्ग र समुदायसम्म बैङ्किङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। नयाँ शाखाहरू मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैङ्किङ सुविधाहरूको साथमा २४ सै घण्टा एटिएम सेवा पनि उपलब्ध गराउँदै आएको छ।
बैकले पूर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना एक सय ६१ वटा शाखाहरू र एक सय ६५ शाखारहित बैङ्किङ सेवा समेत गरी जम्मा ३ सय २६ स्थानबाट ग्राहकहरूमा सम्पूर्ण बैङ्किङ सुविधा प्रदान गरिरहेको छ। साथै, बैङ्कको देशभर २ सय वटा भन्दा बढी एटिएमहरू तथा ५ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका बैङ्कले जनाएको छ।