कोरोनाविरुद्ध खटिएका फ्रन्टलाइनरको सम्मानमा बनाइएको चित्र महानगरले मेटायो
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
1k
Shares
काठमाडौं । युवा अभियन्ता तथा समाजसेवी डोजाङ शेर्पाको परिकल्पनाकामा कोरोना संक्रमणका समयमा अग्रमोर्चामा खटिएकाहरुप्रति समर्पित भित्तेचित्र काठमाडौं महानगरपालिकाले मेटाइदिएको छ ।
कोरोना संक्रमणका बेला खटिने फ्रन्टलाइनरको सम्मानमा एक साता लगाएर वडा कार्यालयको अनुमतिमा आफूहरुले चित्र बनाएको भएपनि महानगरपालीले मेटाएको शेर्पाले बताए ।
उनले प्रश्न गरे, ‘बिश्वब्यापी फैलिएको महामारीका समयमा दिन रात नभनी, आफ्नो र आफ्नो परिवारको ज्यानको बाजीराखेर सेवाको निम्ति खट्नु भएका फ्रन्टलाइनहरुको सम्मानमा कोरिएको यो चित्र किन मेट्नु पर्यो ?’
‘चित्र बनाउनका लागि काठमाडौं महानगरपालिका वडा नं २८ बाट अनुमति समेत लिएको जानकारी गराउदै अनुमति लिएर गरेको काम किन मेटाएको हो ? महानगरपालिकासँग जवाफ माग्छौं,’ उनले भने ।