arrow

कुमारी बैङ्क र दृष्टि सेन्टरबीच सम्झौता, आँखा परामर्श सेवा शुल्कमा २० प्रतिशतसम्म छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
kumari-bank-eye-center-dristi.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दि भिजन आइ सेन्टर प्रालिबीच सम्झौता भएको छ। उक्त केन्द्रमा आँखा सम्बन्धित उपचार सेवामा कुमारी बैङ्कका ग्राहकहरूलाई सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको बैङ्कले जनाएको छ।

सम्झौता अनुसार दृष्टि दि भिजन आइ सेन्टरबाट प्रदान गरिने आँखा उपचार सम्बन्धी सेवाको सेवा शुल्क कुमारी बैङ्कको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवा शुल्कमा २० प्रतिशतसम्म र आँखा सम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन्।

कुमारी बैङ्कका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र दृष्टि सेन्टरका निर्देशक डा. रोहित सैजुले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। कुमारी बैङ्कले आफ्ना देशव्यापी  एक सय ९४ शाखा सञ्जाल, एक सय ६५ एटिएम, २६ शाखारहित बैङ्किङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको छ। आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ।

साथै, आफ्ना ग्राहकहरूलाई सरल, सुलभ र सुरक्षित स्वास्थ्य सेवा प्राप्तिका लागि स्वास्थ्य सेवा प्रदायक संस्थासँगको सहकार्य र सहजीकरण लाई निरन्तरता दिइने जानकारी दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ