arrow

जनकपुरमा प्रधानमन्त्रीको पुत्ला दहन

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असार १६ बुधबार
oli-putla.JPG

जनकपुरधाम । विपक्षी पाँच दलीय गठबन्धनका भ्रातृ सङ्गठनले जनकपुरधाममा बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । स्थानीय रेल्वे स्टेशनबाट निस्केको विरोध र्‍याली नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगेर प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो। 

संयुक्त विद्यार्थी सङ्गठनको अगुवाइमा निस्केको विरोध र्‍यालीमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को नाराबाजी गरिएको थियो । सङ्गठनको पूर्वनिर्धारित कार्यक्रमअनुसार जनपद र सशस्त्र प्रहरीको कडा सुरक्षाका बिच प्रदर्शनका गरिएको नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले जानकारी दिए।

रेल्वे स्टेसनबाट सुरु गरिएको विरोध प्रदर्शन भानुचोक, शिव चोक हुँदै जनक चोकमा पुगी कोणसभामा परिणत भएर समापन गरिएका छन् । संयुक्त विद्यार्थी सङ्गठनमा नेविसंघ धनुषा, अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधरको अनेरास्ववियू धनुषा र समाजवादी विद्यार्थी सङ्घ धनुषालगायत सङ्गठन आबद्ध रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ