arrow

शनिबारसम्मै भारी वर्षा, पाँच प्रदेशमा खतराको घण्टी, कहाँ कति वर्षा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
monsoon-weather-cloud-rain.jpg

काठमाडौं । हाल देशभर मनसुनी वायुको  सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भूभाग नजिक  मनसुनी न्युन चापिय रेखा रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  हल्कादेखि मध्यम वर्षा भई एक–दुई स्थानमा मेघगर्जन– चट्याङ्गसहित भारी वर्षा  भइरहेको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मात्र भारी वर्षा भएको छ । अन्य स्थानमा फाटफुट वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिममा फाटफुट वर्षा भए पनि सक्रिय हुने सम्भावना कमै रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । 

उनका अनुसार अहिले सबैभन्दा बढी वर्षा चितवन, तनहुँ, लमजुङ, मकवानपुर, सिन्धुली र बारामा भइरहेको छ । काठमाडौ उपत्यकामा पनि निरन्तर वर्षा भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान ३६.८ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् नगरकोटीले जानकारी दिइन् । 

उनले उपत्यकामा दिउँसोसम्म निरन्तर वर्षा हुने बताइन् । अन्य क्षेत्रमा पनि निरन्तर दिउँसोसम्म वर्षा हुनेछ । केही स्थानमा पातलो घाम लाग्नेछ । उनले शनिबारसम्मै वर्षा हुने जानकारी दिइन् । 

यसअघि मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म वर्षा हुने जनाएकामा बिहीबार बिहान जारी गरेको बुलेटिनमा शनिबारसम्मै वर्षा हुने जनाएको छ । त्यसैगरी भारी वर्षा हुने प्रदेशहरुको पहाडी भू–भागमा भुक्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ । 

यस्तो छ महाशाखाको तीन दिने बुलेटिन–
आगामी तीन दिनको मौसम पूर्वानुमान                       

२०७८ असार १७ गते (बिहीबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा  मेघ गर्जन– चट्याङ्गसहित भारी वर्षा तथा थोरै स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा  मेघ गर्जन– चट्याङ्गसहित भारी वर्षा तथा थोरै स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

२०७८ असार १८ गते (शुक्रबार)

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जन– चट्याङ्ग सहित  भारी–धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जन, चट्याङ्ग सहित भारी– धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

२०७८ असार १९ गते (शनिबार)

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जन– चट्याङ्ग सहित  भारी– धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जन– चट्याङ्ग सहित भारी– धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ