arrow

जनसाङ्ख्यिक सङ्कट निम्तिएपछि चीनमा एक दम्पतीलाई तीन बच्चा जन्माउने छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
baby-hand.png
फाइल तस्बिर

काठमाडौँ। चीनमा पछिल्लो समय जनसङ्ख्यामा तीव्र गिरावट आएको छ। बढ्दो महँगी, उच्च दरको कर, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहज पहुँचको अभावलगायतका कारण युवाहरूले सन्तान जन्माउन हिचकिचाइरहेका छन्। यस्तै क्रम बढ्दै जाँदा जनसाङ्ख्यिक सङ्कट सिर्जना हुनसक्ने भएकोले एक चीनमा जनसङ्ख्या वृद्धि गर्नका लागि नयाँ नीति लागु गरिएको छ।

चीनले दुई सन्तान मात्रै जन्माउन पाउने कडा नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरेको छ। चीनको पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी जिन्पिङले सो नीतिलाई स्वीकृत गरेका थिए।

सो निर्णय १० वर्षको फरकमा गरिने हालैको जनगणनामा चीनको जनसङ्ख्या वृद्धिदर केही दशकमै सबैभन्दा कम भएको पाइएपछि यो निर्णय गरिएको हो। सो जनगणनाको नतिजाले चीन सरकारलाई जनसङ्ख्या घट्नबाट जोगाउन दम्पतीहरूलाई बढी बच्चा जन्माउन प्रेरित गर्नुपर्ने कार्यक्रम ल्याउन दबाब दिएको थियो।

यो महिनाको सुरुमा सार्वजनिक गरिएको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मिएको देखिएको थियो। यो सङ्ख्या सन् २०१६ को एक करोड ८० लाखभन्दा कम हो र सन् १९६० को दशकयता सबैभन्दा कम हो।

चीनको सातौँ राष्ट्रिय जनगणना अनुसार चीनको जनसङ्ख्या विगत १० वर्षमा ५.३८ प्रतिशतले वृद्धि भएको देखाएको छ। सन् २०१७ मा जनसङ्ख्या वृद्धिमा टेवा पुर्‍याउन चीनले एक बच्चा–नीतिलाई सहज पार्दै एकै दम्पतीले चाहेमा दुई सन्तान जन्माउन सक्ने व्यवस्था गरेको थियो। यसबाट पनि चिनियाँ जनसङ्ख्या समस्यालाई सम्बोधन गर्न नसकिएपछि सरकारले पछिल्लो निर्णय सार्वजनिक गरेको हो।

सो नतिजा सार्वजनिक भएपछि चीनले परिवार नीति नियमलाई सहज बनाउने अपेक्षा गरिएको थियो। चीनमा सन् १९८० देखि सन् २०१५ सम्म एक जोडीले एक जना बच्चा मात्रै जन्माउन पाउने नीति थियो र सन् २०१६ को सुरुदेखि दुई बच्चासम्म जन्माउन पाउने गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ