arrow

गण्डकीका मुख्यन्यायाधिवक्ता बास्तोलाले लिए शपथ

logo
हरि पन्त, 
प्रकाशित २०७८ असार १७ बिहिबार
rohit-raj-bastola-gandaki.jpg

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले शपथ लिएका छन् । उनलाई गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेश पोखरेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्य र सचिवहरुको उपस्थिति रहेको थियो ।

बास्तोलालाई मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख पौडेलले सोमबार नियुक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ