arrow

सी चिनफिङले भने-'चीनलाई दमन गर्न खोज्नेको टाउकोमा बज्रपात हुन्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
china ccp.jpg

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को सयौँ वार्षिकोत्सवमा बोल्दै राष्ट्रपति सी चिनफिङले चीनलाई कसैले दमन गर्न नसक्ने बताएका छन् ।

बिहीबारको समारोहमा करिब एक घण्टा सम्बोधन गरेका राष्ट्रपति चिनफिङले चीनमाथि कसैले बदमासी, दमन र अधीन गर्न नसक्ने बताएका हुन् ।

समारोहमा बोल्दै उनले 'कसैले यस्तो गर्ने प्रयास गरेमा उसको टाउको एक अर्ब ४० करोड मानिसका अगाडि बज्रपात हुने गरी फुट्ने' चेतावनी दिएका छन् ।

चीनले खास गरी अमेरिकालाई आफ्नो विकास रोक्न खोजेको आरोप बारम्बार लगाउँदै आएको छ । यी शब्दहरू बाशिंगटनतर्फ इङ्गित भएको पनि देखिन्छ ।

यसबाहेक राष्ट्रपति चिनफिङले 'केवल समाजवादले चीनलाई बचाउन सक्ने र चिनियाँ विशेषतासहितको समाजवादले चीनको विकास गर्न सक्ने' बताएका छन् ।

हङकङमा भएको आतङ्क र मानवअधिकार उल्लंघनलगायतका विभिन्न आरोपहरू चीनमाथि लाग्दै आएका छन् । चीन र अमेरिकाबीचको सम्बन्ध विगत केही वर्षयता तनावग्रस्त रहि आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ