arrow

संवैधानिक इजलासः प्रधानमन्त्री ओलीको पक्षका अग्नि खरेलले शुरु गरे बहस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
supreme-court-long.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विहीबार(आज) पनि बहस जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका बहस गरिरहेका कानुन व्यवसायीले विहीबार पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले बहसको प्रारम्भ गरेका छन् ।

हिजो बुधवार प्रधानमन्त्रीको तर्फबाट बरिष्ठ अधिवक्ता विजयकान्त मैनाली,  सुशील पन्त र डा.सुरेन्द्र भण्डारीले बहस गरेका थिए ।

प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि अब ४ घण्टा ३३ मिनेट मात्र समय बाँकी छ । प्रधानमन्त्रीका कानुन व्यवासायीको बहस सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवासायीले निर्धातिर एक घन्टा बहस गर्नेछन्।

त्यसपछि एमिकस क्युरीले आफ्नो राय राख्न दुई घन्टाको समय निर्धारण गरिएको छ । त्यसपछि कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट जवाफी बहस गरिनेछ । जसका लागि तीन घण्टा समय निर्धारण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ