arrow

पछिल्लाे २४ घण्टामा : करिब ३ हजार संक्रमित थपिए, ४ हजार निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा कुल संक्रमित हुनेको संख्या ६ लाख ७६ हजार ५ सय ९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार १७ जना कोभिड१९को संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार १ सय ३० पीसीआर र ३ हजार ८ सय ५५ जनाको एन्टीजेन गरि जम्मा १० हजार ९८५ जनाको कोरोना परीक्षण गरिएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ