arrow

मन्त्रीपरिषद् बैठक बस्दै : चार सचिवको पदपूर्ति हुँदै, डिआइजी थापा पनि एआइजी बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
pm-oli-cabinet-1619454679.jpg
फाइल तस्विर।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजेका लागि मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले रिक्त रहेका चार स्थानमा सचिवहरूको पदपूर्ति गर्ने बताइएको छ । 

रिक्त स्थानमा पदपूर्तिका लागि लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरिसकेको छ । प्रशासन समूहबाट भने एक मात्र अधिकारीको नाम सिफारिसमा परेको छ । सो समूहबाट सहसचिव डा.दामोदर रेग्मी सिफारिसमा परेका हुन् । एक मात्र दाबेदार भएपछि उनी स्वतः सचिवमा बढुवा हुँदै छन् । 

यसैगरी प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्कर सिफारिसमा परेका छन् । उनीहरूमध्ये एक जना आज बस्ने मन्त्रीपरिषद् बैठकमार्फत सचिव नियुक्त हुनेछन् । 

यसैगरी कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल र दीपक खराल बढुवा सिफारिसमा परेका छन् । उनीहरू मध्येबाट पनि एक जना सचिव बन्ने छन् । 

यस्तै इन्जिनियरिङ सेवाबाट प्रमीला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देलको नाम सिफारिस भएको छ । यो समूहबाट पनि एक जना मात्रै सचिवमा बढुवा हुनेछन् । 

बैठकले नेपाल प्रहरीमा थप भएको एक एआइजीको दरबन्दीमा गृह सचिवको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिले बढुवा सिफारिस गरेका डिआइजी सहकुलबहादुर थापालाईसमेत पदोन्नति गर्ने बताइएको छ । 

यसैगरी बाढी तथा पहिरोबाट देशभर भइरहेका विपद्जन्य घटनाका विषयमा पनि छलफल हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ