arrow

प्रधानन्यायाधीशको प्रश्न:  प्रधानमन्त्रीले 'कन्फिडेन्स' प्राप्त गर्न नसकेपछि अर्को सांसदलाई समर्थन गर्नु पर्ने होइन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
supreme-court-constitution-bench.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशशशेर जबराले ‘प्रधानमन्त्रीले आफूले संसद्मा कन्फिडेन्स प्राप्त गर्न नसकेपछि अर्को सांसदलाई समर्थन गर्नु पर्ने होइन ?’ भन्दै प्रश्न गरेका छन् । 

जारी संवैधानिक इजलासको सुनुवाइका क्रममा बिहीबार प्रधानन्यायाधीश जबराले सरकारी पक्षका अधिवक्ता परशुराम कोइरालालाई यस्तो प्रश्न गरेका हुन् । 

सो क्रममा प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीतर्फका अधिवक्तालाई प्रतिनिधि सभा बचाउने दायित्व प्रधानमन्त्रीको पनि हुनु पर्ने होइन भन्ने प्रश्नसमेत गरे । यस्तै एक पटक प्रतिनिधि सभा विघटन ठिक होइन भनेपछि किन त्यही बाटो गएको भन्ने प्रश्नसमेत गरे । 

प्रधानन्यायाधीश जबराको प्रश्नमा कोइरालाले निर्वाचित नेताले त्याग गर्नु पर्छ भन्नेमा आफू सहमत नभएको जवाफ दिए । 

प्रधानन्यायाधीश जबराले भने आफैं अघि नबढेर अरूलाई पनि प्रधानमन्त्रीमा अघि बढाउन सकिने अवस्थामा प्रधानमन्त्रीको संवैधानिक दायित्व थिएन भन्दै पुनः प्रश्न गरेका छन् । 

जवाफमा अधिवक्ता कोइरालाले प्रधानमन्त्रीले आफू टिमको क्याप्टेन भएकाले सुसाइड गोल गर्न पाइँदैन भन्ने मनसायका साथ अघि बढ्नु जायज भएको जवाफ दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ