arrow

गण्डकीमा कोरोना महामारी : बढ्न थाले संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित र मृत्यु हुनेको सङ्ख्या दुवै वृद्धि भएको छ । लकडाउन खुकुलो भएसँगै केही दिनदेखि निरन्तर ओरालो लागेको संक्रमित र मृतकको सङ्ख्या बिहिवार उकालो लागेको छ । 

गण्डकीमा बिहिवार आठ जनाको मृत्यु भएको छ भने थप ४४८ जना संक्रमित थपिएका छन् ।  बिहिवार मृत्यु हुनेमध्ये सबैभन्दा धेरै कास्कीका तीन जना छन् । यस्तै नवलपरासी पूर्वका दुई, तनहुँका दुई र बागलुङमा एक जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

यस्तै, कास्कीमा १५३ जना, मुस्ताङमा एक, म्याग्दीमा १६, पर्वतमा २८ जना संक्रमित थपिएका छन् । यसै गरी गोरखामा ५४,  गोरखामा १४, तनहुँमा आठ, बागलुङमा ७२, स्याङ्जामा ३२ र नवलपरासी पूर्वमा ५० जना संक्रमित भेटिएको शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ