arrow

पप्पु र लुम्बिनी बिल्डर्सको गुणस्तरहीन काम : उद्घाटन नगर्दै भासियो धनुषा र सिराहा जोड्ने कमला पुल

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असार १७ बिहिबार
kamal-bridge.jpg

जनकपुरधाम। हुलाकी राजमार्ग अन्तर्गत सिराहाको बसपिट्टा घाटस्थित निर्माणाधीन धनुषा र सिराहा जोड्ने कमला पुल भासिएको छ । सुरुमा पप्पु कन्स्ट्रक्सन र  अन्त्यमा लुम्बिनी बिल्डर्सले ठेक्का पाएको उक्त पुल गुणस्तरहीन काम भएपछि भासिएको हो ।  पुल २४ करोड ४२ लाख कुल लागतमा निर्माण भएको थियो।

२०६८ सालसम्म ४२ महिनामा पुल निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का पाएको पप्पु कन्स्ट्रक्सन र ज्यान जेभीबाट काम सुरु भएको थियो । बिचबिचमा म्याद थपिँदै अन्त्यमा लुम्बिनी बिल्डर्सले ठेक्का पाएको थियो । पुल निर्माणको ठेक्का पाएको लुम्बिनी बिल्डर्सले गुणस्तरहीन काम गरेको भन्दै केन्द्रमा प्रतिवेदन समेत पठाइएको  सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए । 

तराई मधेशको लाइफलाइन मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिराहाको बसपिट्टा घाटस्थित निर्माणाधीन धनुषा र सिराहा जोड्ने कमला पुल  निर्माण कार्य २०७८ साल असार १३ गते हस्तान्तर गरी सञ्चालनमा ल्याउने सम्झौता भएको कमला पुल सञ्चालनमा नआउँदै पुलकोको एक स्पान नै भासिएको छ ।

निर्माण भइरहेको कमला पुलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको  छ । पुलमा १२ वटा स्पान बनाइएको छ । जसमध्ये सिराहा तर्फबाट दोस्रो स्पान करिब एक फिट तल भासिएको हो । यसमा कमसल वस्तुको प्रयोग वा गुणस्तरहीन काम भएको हुन सक्ने  सिराहाका प्रजिअ  कणेलले जानकारी दिए।

'२०७८ साल असार १३ गतेसम्म पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता बमोजिम कार्य सम्पन्न भएको थियो तर हस्तान्तरण गर्न बाँकी रहँदा कमला नदीमा आएको साधारण बाढीमै पुलको स्पान भासिनुले काम गुणस्तरहीन भएको अनुमान हाम्रो छ,' प्रजिअ कणेलले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ