arrow

पहिराबाट घर भत्किदा सात घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
landslide-pahiro-sub-way-road.jpg

दमौली । अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा तनहुँका बन्दीपुर, शुक्लागण्डकी, म्याग्दे र  भिमादमा घर भत्किदा सात जना घाइते भएका छन् ।  बन्दीपुरमा तीन, शुक्लागण्डकीमा दुई र भिमादमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । 

पहिरोमा परी बन्दीपुर–३ तामुङमा सुभाष थापा, लिल बहादुर थापा र दाउरीमाया थापा घाइते भएका छन् । सोही ठाउँका ७० वर्षीया हरिमाया नेपाली र ३० वर्षीया सरस्वती थापाको  मृत्यु भएको छ ।

भिमाद नगरपालिका-५ मा पहिरोले घर भत्किदा ४५ वर्षीय बुद्धिबहादुर परियार र उनीका २५ वर्षीय छोरा रोजन घाइते भएका छन् । उनीहरुको भिमाद पोलिक्लिनिकमा उपचार भइरहेको छ । प्रहरीले घर भत्किदा रु पाँच लाख बराबरको क्षति भएको छ । 

शुक्लागण्डकी नगरपालिका-९ सिम्लेमा पहिरोले घर पुरिँदा ५५ वर्षीया खगीमाया भुजेल र १४ वर्षीय विज्ञान  घाइते भएका छन् । उनीहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । 

यसैगरी भिमाद नगरपालिका–७ पट्नेरीमा माटोको ढिस्को खसेर पहिरो जाँदा मनिषा परियारको घरमा क्षति पुगेको छ । पहिरोबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण रु दश लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

 बन्दीपुर गाउँपालिका–१ चिसापानीमा पहिरोले राजु खड्गीको एक तल्लो गारो लगाएको घर भत्किदा रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै शुक्लागण्डकी–९ सिम्लेमा टेकबहादुर महतको गोठ भत्किदा गोठमा रहेका दश बाख्रा र एक भैसी मरेका छन् । प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले पहिरोबाट थप क्षतिको विवरण नआइसकेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ