arrow

विपद्को सामना

आइतबारसम्म नै वर्षा हुने, केही स्थानमा अति भारी वर्षा

मकवानपुर, सिन्धुली, तनहुँ र चितवनमा भारी वर्षा, उपत्यकामा मध्यम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
monsoon-weather-cloud-rain.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भूभाग नजिक  मनसुनी न्युन चापिय रेखा रहेको छ ।

महाशाखाले आइतबारसम्म नै देशभर भारी वर्षा हुने जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश  १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार बिहीबार राति सबैभन्दा बढी मकवानपुरमा वर्षा भएको छ । त्यहाँ १३४ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा मध्यम वर्षा भएको छ । बिहानसम्म काठमाडौंमा ३४.४ मिलिमिटर वर्षा भएको छ । 

मकवानपुरपछि सिन्धुली, तनहुँ र चितवनमा भारी वर्षा भएको प्रधानाङ्गले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा तुलनात्मक रुपमा कम वर्षा भएको छ भने अन्य प्रदेशमा निरन्तर बढी नै वर्षा भइरहेको छ । 

वर्षाका कारण धेरैजसो राजमार्गहरु अवरुद्ध भएका छन् । सहायक मार्गहरुदेखि स्थानीय तहका सडकहरु ठप्प जस्तै बनेका छन् । नदीहरुमा पानीको सतह बढेको छ भने खोलाहरु बढ्दा धेरै स्थानमा सम्पर्क विच्छेद भएको छ । 

महाशाखाले प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । 

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जन, चट्याङ्ग सहित भारी र धेरै  भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भूभागमा भुक्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

महाशाखाले विपद्को सचेतपूर्वक सामना गर्न अनुरोध गरेको छ । सरकारले पनि उद्धार र राहतमा तीव्रता दिइरहेको दाबी गरेको छ । बुधबार मात्रै गृहमन्त्री विष्णुप्रसाद पौडेलले सबै सम्बन्धित निकायलाई उद्धार र राहतका लागि निर्देशन दिएका थिए । 

यस्तो छ शुक्रबार, शनिबार र आइतबारको मौसम पूर्वानुमान                       

 असार १८ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षा तथा एक दुई स्थानमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा  मेघ गर्जन, चट्याङ्गसहित भारी  वर्षा र एक दुई स्थानमा  अति भारी बर्षाको सम्भावना रहेको छ  ।

 असार १९ गते (शनिबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती  प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जन, चट्याङ्गसहित  भारी वर्षाको सम्भावना रहेको छ  ।

असार २० गते (आइतबार)
दिउँसोः
देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जन, चट्याङ्ग सहित  भारी वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको पनि संभावना रहेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ