arrow

पुरिएका दुईको जीवितै उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
Tanahu-hamrakura.jpg.jpeg

तनहुँ । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन् ।

बिहान अन्दाजी पाँच बजेको समयमा घरमाथिबाट खसेको पहिराले पुरिँदा सरोज रिमाल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । घाइते दुवैको लमजुङ अस्पतालमा उपचारको लागि पठाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ