arrow

संवैधानिक इजलासमा बहस

प्रधानमन्त्रीका कानुनविद्को तर्क : संसद पुनर्स्थापना भए पनि नयाँ सरकार बन्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
supreme-court-constitution-bench.jpg

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा शुक्रवार पनि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।  जारी इजलासको सुनुवाइमा केही बेरअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अधिवक्ता रमेश गुरागाईँले बहस गरेका छन् । 

बहसका क्रममा उनले उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापना भए पनि नयाँ सरकार बन्ने अवस्था नरहेको दाबी गरेका छन् ।  गुरागाईँले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि ७६ (४) अनुसार विश्वासको मत प्रधानमन्त्रीले नपाउने र नयाँ प्रधानमन्त्री बनाउन पनि कसैले बहुमत जुटाउन नसक्ने उनले दाबी गरेका हुन् । 

‘पहिले पनि प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सांसदबाट नयाँ सरकार बन्न सकेन, न त अविश्वासको प्रस्ताव नै दर्ता भयो,  अब पनि पुनर्स्थापना भयो भने पनि सरकार बन्ने अवस्था छैन’, गुरागाईँले बहस गर्दै भने । 

बहसकै क्रममा अर्का अधिवक्ता विष्णुमणि अधिकारीले राष्ट्रपतिले प्रधानमन्त्रीमा गरिएका दाबीको मूल्याङ्कन गर्न सक्ने दाबी गरे । संवैधानिक इजलासमा शुक्रवारै सरकारी पक्षको बहसका लागि निर्धारित समय सकिँदै छ । त्यसपछि शुक्रवारैबाट सभामुख पक्षको बहस सुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ