arrow

कोरोना महामारी : कास्कीमा सक्रिय संक्रमितको सङ्ख्या निरन्तर बढ्दो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
corona-variant.jpg

पोखरा । कास्कीमा सक्रिय कोरोना संक्रमितको सङ्ख्या निरन्तर बढ्न थालेको छ । गत शुक्रवारदेखि आज शुक्रवारसम्मको तथ्याङ्क हेर्दा कास्कीमा सक्रिय संक्रमितको सङ्ख्या क्रमशः बढ्दै गएको हो ।  कास्कीका लकडाउन खुकुलो भएसँगै चहलपहल बढेको छ । जसका कारण संक्रमितको सङ्ख्या बढ्न थालेको बताइन्छ । संक्रमितको सङ्ख्या कास्कीमा मात्र होइन देशभर बढ्न थालेको तथ्याङ्क सार्वजनिक भइरहेको छ । 

कास्कीमा गत शुक्रवार ५८१ रहेको सक्रिय संक्रमितको सङ्ख्या बढेर आज शुक्रवार ७०९ मा पुगेको छ । कुनै समय तीन हजार नाघेको सक्रिय संक्रमितको सङ्ख्या घट्दै आएर पछिल्लो समयमा बढ्न थालेको हो । सक्रिय संक्रमित गत शनिवार ६३५, आइतबार ५४८, सोमबार ५३२, मङ्गलवार ५२९ पुगेको तथ्याङ्कमा उल्लेख छ । यसै गरी बुधवार ५३०, बिहीबार बढेर ५६० पुगेको थियो । यो सङ्ख्या आज शुक्रवार एक्कासि बढेर सक्रिय संक्रमित ७०९ पुगेको तथ्याङ्कले देखाएको छ । 

संक्रमित पनि बढ्न थाले
कास्कीमा कोरोना संक्रमित पनि बिस्तारै बढ्दै गएको देखिन्छ । एक साताको तथ्याङ्क केलाउने हो भने अघिल्लो शुक्रवार ३९२ जनामा संक्रमित पुष्टि भएको कास्कीमा शनिवार पनि ३९२ जना नै संक्रमित भएका थिए ।  यसै गरी आइतबार ६७ जनामा संक्रमण पुष्टि भएकोमा सोमबार ९२, मङ्गलवार सङ्ख्या बढेर ११९ जना संक्रमित भएका थिए । 

यस्तै, बुधवार ८३ जना संक्रमित भेटिएको कास्कीमा बिहीबार एक्कासि बढेर १५३ र आज शुक्रवार १९४ संक्रमित थपिएका छन् ।  कास्कीमा हालसम्म हालसम्म ४१० जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीमा हालसम्म २२ हजार ६४३ जना संक्रमित भेटिएकोमा २१ हजार ५२३ जना निको भएको गण्डकी प्रदेश स्वास्थ्य आफलकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ