arrow

कोरोना संक्रमितको मृत्युः गण्डकीमा रेकर्ड, कास्कीमा शनिबार पनि शून्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १९ शनिबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा एक जनाको मात्र मृत्यु भएको छ । योसहित गण्डकीमा नयाँ रेकर्ड कायम भएको छ । गण्डकी प्रदेशमा आज शनिबार मृत्यु हुनेमा लमजुङका एक जना रहेका छन् । 

लमजुङको सुन्दरबजार नगरपालिका वडा नं.११ की ८४ वर्षकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।   

गण्डकी प्रदेशको राजधानी कास्कीमा कोरोना संक्रमितको मृत्यु आज पनि शून्य रहेको छ । कास्कीमा शुक्रबार पनि कोरोना संक्रमितको मृत्यु शून्य नै रहेको थियो ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५९ जना पुगेको छ । गण्डकीमा आज २७७ जना निको भएर सक्रिय संक्रमितको संख्या ३१ सय ३७ मा झरेको छ ।

गण्डकीमा पछिल्लो २४ घण्टामा कास्कीमा ५७ जनासहित १७३ जना कोरोना संक्रमित थपिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ