arrow

पछिल्लो २४ घण्टामा : १,६०३ संक्रमित थपिए, २,५५२ जना संक्रमणमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । पछिल्ले २४ घण्टामा थप १ हजार ६ सय ३ जनामा कोभिड१९को संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ८२ हजार ७ सय ३९  पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ५२ जना कोभिड१९ को संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९ हजार २ सय १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २ सय २५ पुगेको छ ।

यो समयावधिमा ४ हजार ८ सय ७६ जनाको पीसीआर र ३ हजार २ सय ५६ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण गरिएको थियो ।

हाल देशभरका ९ वटा जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ । यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ