arrow

सभामुख पक्षको बहस सकियो : निवेदक पक्षको जवाफी बहसका लागि २ घण्टा बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
supreme-court-long.jpg

काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सभामुख पक्षतर्फको बहस सकिएको छ ।  संवैधानिक इजलासको सुनुवाइका क्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानुन व्यवसायीहरूले आइतबार बहस गरेका थिए । 

सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लव कुमार मैनाली, अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले आइतबार बहस गरेका हुन् । उनीहरूका लागि दुई घण्टा समय दिएको थियो । 

सभामुख पक्षको बहस सकिएसँगै रिट निवेदक पक्षबाट जवाफी बहस सुरु भएको छ । रिट निवेदक पक्षको बहसमा सहभागी अधिवक्तालाई प्रधानन्यायाधीश चेलेन्द्रशमशेर जबरा र न्यायाधीश ईश्वर खतिवडाले सरकारी पक्षबाट आएका विषयहरू बारे प्रश्न गरे । 

वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले काँग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदको तर्फबाट आइतबार १ घण्टा जवाफी बहस गरेका हुन् । अब भोली सोमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र  हरिहर दाहालले रिट निवेदक पक्षबाट बाँकी २ घण्टा जवाफी बहस गर्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ