arrow

चीनबाट ३० लाख डोज खोप ल्याउन तीन उडान मिति प्रस्तावित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
corona-vaccine-covid.jpg

काठमाडौँ । सरकारले चीनबाट खरिद गरेर खोप ल्याउने तयारी अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयले नेपाल वायुसेवा निगमलाई दिएको निर्देशन अनुसार सरकारले ३० लाख डोज खोप ल्याउन तयारी गरेको हो ।

नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले ३० लाख डोज खोप ल्याउनका लागि विभिन्न तीन मिति प्रस्तावित गरिएको बताएका छन् । 

उनका अनुसार जुलाई ८मा पहिलो उडान, जुलाई १५मा दोस्रो र जुलाई २२ मा तेस्रो उडानका लागि प्रस्तावित गरिएको हो ।

यद्यपि, मन्त्रालयले औपचारिक रूपमा पत्र भने पठाइ नसकेको उनले बताएका छन् । मन्त्रालय यी मितिमा खोप ल्याउनका लागि औपचारिक पत्र भोलिसम्म पठाउने प्रबन्धक पौडेलको अनुमान छ ।

सरकारले चीनसँग गोप्य सम्झौता गरी खोप खरिद प्रक्रिया अघि बढाएको छ । गोप्य सम्झौता भएका कारण कति डोज खोप कति मूल्यका दरले खरिद गरिरहेको छ भन्नेबारे जानकारी सरकारले सार्वजनिक गरेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ