arrow

सरकारविरुद्ध त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन, ओलीको पुत्ला जलाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
NSU-Trichandra.jpg

काठमाडौं । सरकार विरुद्ध संघर्ष गरिरहेको नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसअगाडि मसाल जुलुस निकालेको छ।
प्रतिनिधिसभा विघटन र सरकार स्वेच्छाचारी तरिकाले अघि बढेको, प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश बन्दै गएको आरोपसहित नेविसंघले प्रदर्शन गरेको हो ।

संसदको पुनर्स्थापना, अधिनायकवादी र स्वेच्छाचारी कदम र मूल्यवृद्धिको विरोध, शैक्षिक बेथितिको अन्त्य र खोपको व्यवस्थाका निम्ति आफूहरु प्रदर्शनमा उत्रिएको नेविसंघका महामन्त्री दिपक भट्टराईले जानकारी दिए ।

संघर्षका कार्यक्रम अन्तर्गत त्रिचन्द्र क्याम्पसलगायतका स्थानहरुमा नेविसंघले मसाल जुलुस निकाल्दै प्रधानमन्त्री ओलीको पुतला समेत जलाएको छ।

आन्दोलनका क्रममा आइतबार त्रिचन्द्र क्याम्पसलगायतका स्थानबाट पक्राउ परेका सम्पूर्ण विधार्थीहरुलाई अविलम्ब विना शर्त रिहा गर्न पनि नेविसंघले माग गरेको छ । नेविसंघलगायत विपक्षी पाँच दल निकट विद्यार्थी संगठनहरुले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ