arrow

राष्ट्रिय सभामा पनि निरकुंशता र प्रतिगमनको छिटा देखिन थाल्यो : नारायणकाजी श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २१ सोमबार
naryankagi.png

काठमाडौं । माओवादी केन्द्रका सांसद् नारायणकाजी श्रेष्ठले सोमबार बसेको राष्ट्रिय सभा बैठकमा चाहेजति बोल्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले राष्ट्रिय सभामा पनि निरकुंशता र प्रतिगमनको छिटा देखिन थालेको भन्दै आक्रोश ब्यक्त गरे । ‘मैले यही राष्ट्रिय सभामा आधा घण्टा बोलेको छु, तर आज २० मिनेट समय हुँदाहुँदै नदिने भनेर ह्वीप जारी गरियो १५ मिनेटको रुपमा, पार्टीहरुले समझदारी गर्नुपर्दैन ? पहिलाको परम्परालाई हेर्नुपर्दैन ? त्यसकारण कुण्ठित गर्ने दिशातिर गइँदैछ, यो कुनै पनि कारणले उचित हुँदैन यसमा म आपत्ति प्रकट गर्छु ।’

सो क्रममा राष्ट्रियताको रक्षा संविधान कार्यान्वयन लगायत कार्यभार जनताले दिएपनि सबै कुरा केपी ओली ध्वस्त पारेको आरोप लगाए  । उनले भने,‘ओलीले संविधानको नांगो उल्लघंन गर्नुभयो,लोकतन्त्रको धज्जी उडाउनुभयो, पूरै अध्यादेशको शासन चलाएर निरकुंशतन्त्र चलाउनुभयो, देशलाई भ्रष्टाचारको दलदलमा फ्याँक्नुभयो, देशलाई बर्बाद पार्ने दिशातिर जानुभयो ।’

संविधानको मर्म विपरित गएर काम चलाउ सरकारद्वारा प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक  भएको उनको आरोप थियो । राष्ट्रपतिले आफूखुसी प्रधानमन्त्री बनाउन नमिल्ने उनको भनाइ थियो । 



नयाँ