काेराेना अपडेट : निको हुने भन्दा संक्रमित हुनेको संख्या बढ्यो
हाम्रा कुरा
प्रकाशित २०७८ असार २१ सोमबार
696
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या६ लाख ८५ हजार ३ सय ६१ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ११ जना कोभिड१९को संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ११ हजार ४ सय २९ पुगेको छ ।
धेरैदिन यता पछिल्लो २४ घण्टामा निको हुने भन्दा संक्रमित हुनेको संख्या बढी देखिएको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २७ जनाको नमुना परीक्षण गरिएको थियो।