arrow

कोरोना महामारीः गण्डकीमा थप ६ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २१ सोमबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ६ जनाको मृत्यु भएको छ । जसमा कास्कीका मात्रै चार जना छन् । 

लगातार तीन दिनसम्म कुनै पनि संक्रमितको मृत्यु नभएको कास्कीमा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको हो ।

कास्कीमा मृत्यु हुनेमा पोखरा २६ का ६७ वर्षका पुरुष, पोखरा ८ का ५४ वर्षका पुरुष र पोखरा ११ का ३८ वर्षका पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

यसैगरी पोखरा २५ का ८६ वर्षका पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

उनका अनुसार स्याङ्जा वालिङ १४ का ६७ वर्षका पुरुषको गण्डकी मेडिकल कजेज र कावासोती १७ की ४२ वर्षकी महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । 

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६७ जना पुगेको छ । 

गण्डकीमा आज २१६ जना संक्रमित निको भएका छन् । गण्डकीमा आज ३०२ जना संक्रमित थपिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ