arrow

गोल्छा ग्रुपद्वारा त्रिवि शिक्षण अस्पताललाई ३० वटा सामसुङ्ग माइक्रो‌वेभ ओभन प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २१ सोमबार
golchha-group-microoven-teaching-hospital.jpg

काठमाडौँ। गोल्छा ग्रुपले आइतबार त्रिवि शिक्षण अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरूका लागि ३० वटा सामसुङ्ग माइक्रो‌वेभ ओभन हस्तान्तरण गरेको छ। गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छाले त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिच्युट अफ मेडिसिनका, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तान्तरण गरेकी हुन्।

उक्त कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी सङ्घ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सङ्गठनले आयोजना गरेको थियो। कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक सीमा गोल्छाले भनिन्, “हामी नेपाल स्वास्थ्यकर्मी सङ्घ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गर्न पाउँदा निकै खुसी छौँ। हाम्रो यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरूलाई उनीहरूको लामो समय खटिनु पर्ने कठिन तथा व्यस्त समयलाई राहत प्रदान गर्न मद्दत गर्नेछ भनेर हामीले महसुस गरेका छौँ। यी समर्पित स्वास्थ्यकर्मीहरू प्रति कृतज्ञता व्यक्त गर्न यो अवसर पाउँदा हामी खुसी छौँ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ