arrow

भेरोसेल खोपको दोस्रो डोज मंगलबारदेखि (काठमाडौंमा खोप केन्द्रको सूचिसहित) 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
verocell-vaccine-china1623314936.jpg

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ उत्पादन भेरोसेल खोपको दोस्रो डोज मंगलबारदेखि लगाइँदै छ । भेरोसेलको पहिलो खोप लगाएका ६० देखि ६४ वर्षका नागरिकलाई दोस्रो डोज दिन लागिएको स्वास्थ्य सेवा विभाग खोप शाखाले जनाएको छ । 

सरकारले गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिएको थियो । त्यही ३ लाख ७० हजार जनसंख्यालाई अहिले दोस्रो डोज दिन लागेको हो । 

त्यसबाहेक भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका अन्य उमेर समूहका नागरिकले पनि दोस्रो डोज लगाउने छन् । 

नेपालमा अहिले खोप लगाउने उमेर समूहको संख्या २ करोड ९ लाख रहेको बताइन्छ । तर सरकारले यथेष्ट मात्रामा खोप दिन सकिरहेको छैन । 

सबैभन्दा अहम् त गत वर्षको फागुन २३ देखि चैत १० भित्र लगाएका झण्डै साढे १३ लाख ६५ वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई भारतमा निर्मित कोभिशिल्ड खोपको दोस्रो डोज केपी ओली सरकारले लगाउन सकेको छैन । 

चार हप्ताबाट शुरु भएको यो खोप लगाउने समय बढाएर १६ हप्ता पुर्याएको भए पनि त्यो समय समेत नाघेको छ । ओली सरकारले भने कुनै पहल नै नगरी त्यति ठूलो संख्याको सम्मानित ज्येष्ठ नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेको छ । 

यस्तो छ मंगलबारदेखि खोप लगाउने काठमाडौंको केन्द्र



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ