arrow

कोरोनाका नयाँ चार केपी सब भेरियन्ट नेपालमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
nepal-corona-virus.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कम हुँदै गएको भनिएको कोरोना भाइरसका नयाँ छ सब–भेरियन्ट नेपालमा देखिएका छन् । नयाँ सब–भेरियन्ट केपी १, केपी २, केपी ३ र केपी ४ देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले गरेको नियमित जिन सिक्वेन्सिङका क्रममा ती सब–भेरियन्ट पुष्टि भएका हुन् ।

गत जेठ २ गते संकलित ४२ नमूना परीक्षणमा १२ वटामा केपी १ सब भेरियन्ट देखिएको छ । त्यस्तै १७ जनामा केपी २ सब भेरियन्ट तथा समान एक जनामा केपी ३ र केपी ४ सब भेरियन्ट पुष्टि भएको एनपीएचएलले जानकारी दिएको छ ।

कोरोनाका छ सब भेरियन्ट देखिएकामा बाँकी दुई सब भेरियन्टमा जेएन १ र बीए २ हुन् । छ ओटै सब भेरियन्ट ओमिक्रोन समूहका रहेको पनि एनपीएचएलले जनाएको छ । 

लामो समयदेखि कोरोनाको अपडेटसमेत नदिएको सरकारले यी नयाँ भेरियन्ट भने खासै घातक नभएको बताएको छ । 

केपी भेरियन्ट छिमेकी भारत, सिंगापुर र अष्ट्रेलिया लगायतमा देखिइसकेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ‘केपी’ प्रजातिको भेरियन्ट सङ्क्रामक नभएको बताए । “केपी प्रजातिको भेरियन्ट त्यति सङ्क्रामक छैन । यसको प्रभाव खासै छैन”, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ