arrow

भारतमा कोरोनाको नयाँ भेरियन्ट, तीनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
india-flag.jpg

काठमाडौँ । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ । केही महिनादेखि चीनमा देखिएको भनिएको नयाँ भेरियन्ट जेएन वान अब भारतमा पनि देखिएको हो । 

भारतका धेरैजसो राज्यमा यसबाट हुने असरका घटना तीव्र रुपमा बढिरहेका छन् । केरलमा मात्रै कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । 

यसबाट भारतमा फेरि कोरोना भाइरसको डर फैलिएको छ । स्वास्थ्य विभागले राज्यभर कोरोनालाई लिएर अलर्ट जारी गरेको छ । 

यतिमात्र हैन कर्नाटक र तमिलनाडुमा पनि नयाँ भेरियन्टको संक्रमण तीव्र रुपले फैलिरहेको छ । अस्पतालहरुलाई पनि अलर्टमा राखिएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमहरुले लेखेका छन् । 

के हो जेएन वान भेरियन्ट
भारतको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार कोरोनाको यो ओमिक्रोन सब भेरियन्ट बीए २.८६ को वंशज हो । यसलाई पिरोला भनिन्छ । 

रिपोर्टअनुसार जेएन वान र बीए २.८६ को बीचमा केबल एउटामात्र परिवर्तन रहेको छ । स्पाइक प्रोटिनमा बदलाव आउनु नै यसको फरक हो । 

नयाँ भेरियन्ट निकै नै तीव्र गतिमा फैलिने क्षमता राख्ने पनि सीडीसीले जनाएको छ । 

यो पहिलो पटक लक्जेम्बर्गमा देखिएको थियो । 

के हो जेएन वानको लक्षण ? 
सीडीसीका अनुसार नयाँ भेरियन्टमा खास विशेष लक्षण देखिएका छैनन् । जसका कारण सामान्य ज्वरो र भाइरल हो कि कोरोना भन्ने छुट्टिन गाह्रो हुन्छ । 

तर पनि यो भेरियन्ट जसको प्रतिरोधात्मक क्षमता कमजोर छ, बालबालिका, वृद्धवृद्धा, गर्भवती महिलामा छिटो सर्ने र कमजोर बनाउने देखिएको छ । 

चिकित्सकहरुले कोरोनाको महामारीका बेलामा अपनाइएका सूत्रहरु अहिले पनि अपनाउन सुझाव दिएका छन् । 

चिकित्सकहरुले भिटामिन ए, भिटामिन सी, भिटामिन ई खान जोड गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ