arrow

'कच्चा तेलको मूल्य प्रति ब्यारेल एक सय डलर नाघ्न सक्ने'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
aaram_oil_company.jpg

काठमाडौं । अमेरिकी पूर्व उर्जामन्त्री ड्यान ब्रुलेटले ओपेकको वार्ता असफल हुँदै गए कच्चा तेलको मूल्य विश्व बजारमा प्रति ब्यारेल एक सय अमेरिकी डलर पुग्न सक्ने बताएका छन् ।

मंगलबार सीएनबीसीसँग बोल्दै पूर्व उर्जामन्त्री ब्रुलेटले कच्चा तेलकाे मूल्य प्रति ब्यारेल एक सय अमेरिकी डलर या बढी समेत पुग्न सक्ने बताएका हुन् ।

यद्यपि, अर्काेतिर तेलको मूल्य ह्वात्तै घट्न सक्ने सम्भावना समेत रहेको उनको भनाइ छ ।

पेट्रोलिय पदार्थ निर्यातक देशहरुको संगठन (ओपेक) मूलुकहरुबीच कुनै सहमति नभएमा या देशहरुले आ-आफ्नै किसिमले तेल उत्पादन थालेमा मूल्यमा भारी गिरावट पनि हुन सक्ने उनले बताएका हुन् ।

आपेकको तेल उत्पादन सम्बन्धी सम्झौता सोमबार दोस्रो पटक असपल भएको छ ।

ओपेक सदस्य र गैर ओपेक सदस्यसहित 'ओपेक प्लस'को बैठकले तेलको उत्पादनमा गरेकाे कटाैतीलाई सन् २०२२ को अन्त्यसम्म लम्ब्याउन खोजेको छ ।

गत वर्ष कोरोना भाइरसको महामारीका कारण विश्वभर तेलको खपत घटेपछि मुल्य पनि घटेको थियो । बजार सन्तुलित गर्न 'ओपेक प्लस'ले तेलको उत्पादनमा कतौती गरेको थियो ।

यद्यपि, युनाइटेड अरब एमिरेट्स(युएई) ले आफ्नो उत्पादन कोटा बढाउन माग गरेको छ । 'ओपेक प्लस'को समग्र तेल उत्पादन कटौती लम्ब्याउने सम्झाैतामा सहमत भए पनि आफ्नो उत्पादन कोटा बढाउन माग गर्दै युएईले वार्ता असफल पारेको हो ।

'ओपेक प्लस'को वार्ता असफल हुँदा कच्चा तेलको मूल्य तीन बर्षयताकै उच्च ७६ देखि ७७ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ