arrow

पूर्वमन्त्री साहको घरमा अभद्र व्यवहार गर्ने कुँवर न्यायाधीशको फोनपछि रिहा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
prabhu-shah.jpg.jpeg

काठमाडौं । आइतबार प्रहरी वृत्त, बानेश्वरले पूर्वमन्त्री प्रभु साहको घरबाट बाँसबारीकी दीपा केसी कुँवरलाई पक्राउ गर्यो । कुँवरले साहमाथि २० लाख लिएर फिर्ता नगरेको आरोप लगाउँदै होहल्ला गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । छोरालाई क्यानडा पठाइदिने भन्दै ३० लाख लगेकोमा १० लाख फिर्ता गरेको र अरु पैसा फिर्ता गर्न बाँकी रहेको कुँवरको आरोप छ । 

सामान्ययता यसरी भीआईपीमाथि आरोप लगाइसकेपछि सत्यतथ्यको अनुसन्धानको लागि प्रहरीले मुद्दा चलाउने चलन छ । तर प्रहरीले कुनै अनुसन्धान नगरी सर्वोच्च अदालतका न्यायाधीश बमबहादुर श्रेष्ठको ठाडो आदेशमा ती महिलालाई हिरासतबाट मुक्त गरेको आरोप साह निकटहरुले लगाएका छन् । 

प्रहरी स्रोतका अनुसार ती महिलाले पूर्व मन्त्री साहलाई पैसा दिएको आधार प्रमाण केही फेला परेको छैन । तर पनि महिला अधिकारकर्मीहरुसहित आफ्नो निवासमा आएर उनले किन होहल्ला गरिन् भन्नेमा साह आफै छक्क परेका छन् । 

साहको घरमा होहल्ला भएपछि तेश्रो पक्षले प्रहरीलाई खवर गरेपछि यो विषय प्रहरीसम्म तानिएको हो । सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठले बानेश्वर प्रहरी वृत्तका डीएसपी मिन लामालाई फोन गरेर ती महिलालाई छाड्न दवाव दिएका थिए । न्यायाधीश बम समेतको इजलासबाट नेकपा विघटन गरी नेकपा एमाले र माओवादी ब्युँत्याउने फैसलापछि विवादमा परेका श्रेष्ठ यो प्रकरण पछि थप विवादमा तानिएका हुन् । 

पछिल्लो पटक पूर्वमन्त्री साह विरुद्धको घटनामा उनले अनावश्यक चासो देखाएको भन्दै चौतर्फी आलोचना र विरोध हुन थालेको छ । वानेश्वर प्रहरीका डिएसपी मिन लामाले पनि घुमाउरो पारामा न्यायाधीशको दवाव रहेको स्वीकार गरे ।

 ‘मँ न्यायाधीश हुँ भनेर त कसैले पनि फोन गर्नु भएको छैन, मैले सवैको नम्वर सेभ गरेर राख्न पनि सम्भव छैन’ उनले भने,  ‘तर, त्यो केसलाई हेर्दिनु पर्यो है भन्दै धेरै जनाले फोन गर्नु भएको छ।’

महिलाले उजुरी दर्ता गरेपनि पैसा दिएको आधार प्रमाण केही नभएकाले यसै हो भन्ने अवस्था पनि नरहेको बताएका लामाले भने,  ‘यस्तो विषयमा हाम्रो काम भनेको दुवै पक्षलाई छलफल गराउने हो । कानूनले भनेको कुरा हामी गर्छौं ।’ 

वावुराम भट्टराई प्रधानमन्त्री भएको बेला समेत पटक पटक विवादास्पद गतिविधीमा संलग्न भएकी कुँवरको जालमा पछिल्लो पटक पुर्वमन्त्री साह परेको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ