arrow

दश वर्षसम्म वारेन्टीसहित बीएलडीसी इन्भर्टर मोटर जडित टीसीएलका वासिङ मेसिन बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
tcl-cg.jpg

काठमाडौँ। आधुनिक टेक्नोलोजीको प्रयोगमा अग्रपङ्क्तिमा रहेको टीसीएल ब्राण्डले हालसालै नयाँ मोडलका वासिङ मेशिनहरू बजारमा ल्याएको छ। टीसीएल ब्राण्डलाई इलेकट्रोनिक्स तथा होम एप्लाएन्सका लागि विश्वकै शीर्ष दुई ब्रान्ड मानिन्छ । टीसीएललाई टिभी, एयर कन्डिशनर तथा वासिङमेशिनका लागि निकै प्रचलित र रुचाइएको नाम हो।

टीसीएलले ल्याएको नयाँ मोडलको वासिङ मेसिनका नयाँ मोडलमा स्मार्ट विशेषताहरू पनि रहेको टीसीएल ब्रान्डलाई नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको चौधरी ग्रुप अन्तर्गत रहेको सिजी इलेकट्रोनिक्स ईओएल प्रालिले जनाएको छ।

जसमा फ्रन्ट लोडिङ्ग वासिङ मेशिनमा अधिक–हाई तापक्रममा स्टेरलाइज गर्ने र कम पानीमै धेरै लुगा धुन मिल्ने क्षमता रहेको छ। त्यस्तै, न्यूनतम २० डिग्री सेन्टिग्रेड तापक्रममा १५ मिनेटको अवधिभित्रै लुगा धुन मिल्ने यस वासिङमेशिनमा लुगा घट्ने वा खुम्चिने समस्या पनि नआउने बताइएको छ।

बीएलडीसी मोटर जडित यस वासिङ मेसिनमा १० वर्षको मोटर वारेन्टी र ५ वर्षको पीसीबी वारेन्टी रहेको छ। पी सिरिज मोडलमा उपलब्ध टीसीएलका वासिङ मेशिनहरू ८ केजी र १० केजीका मोडलहरूमा उपलब्ध रहेको सीजीले जनाएको छ।

१४०० आरपीएम ड्रममा एलईडी लाइटयुक्त, एलईडी लाइटयुक्त, एलईडी टच प्यानल, २४ आवर डिले, १६ वास प्रोग्रामजस्ता विशेषता छन्। त्यस्तै बीएलडीसी इन्भर्टर मोटर जडान रहेको यस वासिङ मेसिन अझ बढी शक्तिशाली, बलियो र कम आवाजमा काम गर्ने क्षमता राख्ने दाबी गरिएको छ। यसले उच्च प्रदर्शन गर्नुको साथै विद्युत् पनि कम खपत गर्ने सीजीले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ