arrow

जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित कोभिडविरुद्धको खोप ‘जेन्सेन’ नेपालले पाउन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
johnson and johnson vaccine.jpg

काठमाडौं । अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरविरुद्धको खोप नेपाललाई उपलब्ध हुनसक्ने भएको छ । ‘जेन्सेन’ नाम दिइएको यो खोप नेपालले कोभ्याक्स सुविधा अन्तर्गतबाट पाउन सक्ने भएको हो ।

कोभ्याक्सले नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी खोप उपलब्ध गराउने प्रतिवद्धता गरेको थियो । सोही अनुसार हालसम्म कोभिसिल्डको ३ लाख ४८ हजार डोज कोभ्याक्स सुविधामार्फत सरकारले पाएको छ ।

अब, कोभ्याक्स सुविधाबाट जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको जेन्सेन खोप उपलब्ध भएमा सरकारले प्रयोग गर्ने भएको हो । स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेल जोन्सनको खोप उपलब्ध भएमा लिन सकिने भएको बताएका छन् ।

उनले भने, 'खोप आउने न आउनेबारे भन्न सकिन्न, तर मन्त्रालय अन्र्गतको खोप सल्लाहकार समितिले जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको जेन्सेन खोप उपलब्ध भएमा लगाउन सकिन्छ भनेर निर्णय गरेको हो ।'

अब, कोभ्याक्स सुविधामार्फत जेन्सेन खोप आए पनि सरकारले लिन सक्ने उनले बताए । यसरी कोभ्याक्सले खोप कार्यक्रम अघि बढाउँदा जोन्सनकै खोप पनि नेपाल भित्रिने सम्भावना देखिएको हो ।

जेन्सेन खोपको मात्रा पनि एस्ट्राजेनेका जत्तिकै अर्थात ०.५ एमएल दिइन्छ । यद्यपि, यसको खोप एक डोज मात्रै लगाउँदा पुग्छ । तेस्रो चरणको परीक्षणका क्रममा यो खोप ६६ देखि ८५ प्रतिशतसम्म प्रभावकारी पाइएको छ ।

जोन्सनले उत्पादन गरेको जेन्सेन खोपलाई पनि एस्ट्राजेनेकाको खोप झैं २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ ।

नेपालमा हालसम्म एस्ट्राजेनेकाको भारत उत्पादीत कोभिसिल्ड र चीनको भेरो सेल खोप मात्रै सञ्चालनमा आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ