arrow

पछिल्लो २४ घण्टामा, निको हुने भन्दा संक्रमित हुनेको सङ्ख्या दोब्बर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
corona-nepal-1618404789.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको सङ्ख्या ६ लाख ९० हजार ९ सय ७४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त हुने भन्दा संक्रमित हुनेको सङ्ख्या दोब्बर भन्दा बढी रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २८ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ हजार २ सय ९१ पुगेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ५ सय ४४ रहेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ३५ जनाको पीसीआर र ४ हजार ६३ जनाको एन्टिजेन विधिबाट सङ्क्रमण परीक्षण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ