arrow

शनिबारसम्मै वर्षा, कहाँ कहाँ छ प्रभाव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २४ बिहिबार
monsoon-weather-cloud-rain.jpg

काठमाडौं । देशभर शनिबारसम्मै निरन्तर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी  वायुको  प्रभाव रहेको भन्दै देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

महाशाखाले प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली  प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम  प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै प्रदेश १, प्रदेश २,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । 

त्यस्तै प्रदेश १ बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको  भन्दै सचेत रहन आग्रह गरिएको हो । 

उक्त प्रदेशहरुको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन–यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ । 

यस्तो छ शुक्रबार र शनिबारको मौसम पूर्वानुमान
२०७८ असार २५गते (शुक्रबार)
दिउँसोः
देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चम प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  भने सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 २०७८ असार २६ गते (शनिबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा  मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । 

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ