arrow

तीन दिनमा काठमाडौंमा करिब ९० हजार बढीलाई भेरोसेल खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २४ बिहिबार
Vaccine-Covid-Corona-Nepal_1618133095.jpg

काठमाडौं । मंगलबारदेखि काठमाडौंमा शुरु भएको खोप अभियान आज विहीबार सकिंदैछ । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउने यो चरणको आज अन्तिम मिति हो ।

काठमाडौंका विभिन्न खोप केन्द्रमा चलिरहेको तीन दिने खोप अभियानमा ६७ हजार २८४ जनालाई लगाउने लक्ष्य राखिएको थियो । तर, बुधबार अर्थात हिजोसम्म नै ६३ हजार ६७ जनाले खोप लगाइसकेका छन् । 

ललितपुर जिल्लाका नागरिकले समेत खोप लगाउँदा सोमबार नै लक्ष्यको करिब ९४ प्रतिशतले खोप लगाइसकेको जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

शुरुमा स्वास्थय सेवा विभागले जनस्वास्थ्य कार्यालयलाई ७० हजार डोज खोप उपलब्ध गराएको थियो । तर, खोप लगाउनेको संख्या बढेसँगै बुधबार १५ हजार डोज खोप थप गरेको थियो ।

बिहीबार आज पनि विभागले जनस्वास्थ्य कार्यालय काठमाडौंलाई १० हजार  डोज खोप थप  उपलब्ध गराएको जनस्वास्थ्य कार्यालय काठमााडैंका प्रमुख बद्री बहादुर खड्काले बताए ।

योसँगै जनस्वास्थ्य कार्यालय काठमाडौंलाई कुल ९५ हजार डोज खोप उपलब्ध भएको छ । यसमध्ये बुधबारसम्म करिब ६३ हजार डोज खोप लगाइँसकिदा बाँकी करिब ३२ हजार डोज खोपसहितको अभियान आज चलिरहेको छ । 

हिजो र अस्तिकै अनुपातमा हेर्दा आज बेलुकासम्म खोप लगाउनेको संख्या करिब ९० हजारको हाराहारीमा पुग्नसक्ने जनस्वास्थ्य कार्यालयका प्रमुख खड्काले बताएका छन् ।

मंगलबार खोप अभियानको पहिलो दिन ३२ हजार १४ जनाले खोप लगाएका थिए । यस्तै बुधबार ३० हजार ६५० जनाले खोप लगाएका थिए । बिहीबार अर्थात खाज पनि यसै अनुपातमा खोप सञ्चान हुनसक्ने अनुमान गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ