arrow

कोरोना संक्रमणबाट पोखरामा पाँच जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २४ बिहिबार
pokhara-2.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा बिहिवार पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये कास्कीका चार र पर्वतका एक जना छन् । 

पोखरा ५ का ७३ वर्षका पुरुष, पोखरा १७ का ५० र ६० वर्षका पुरुष, पोखरा ३० का ८८ वर्षका पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो ।

यस्तै, पर्वत फलेवास नगरपालिका ५ का ५६ वर्षकी महिलाको पनि कोरोना सङ्क्रमणबाटै मृत्यु भएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

गण्डकीमा पछिल्लो २४ घण्टामा २६९ जना संक्रमित थपिएका छन् भने ३५२ जना निको भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ